भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु

  • बुधबार २८ असो २०८३ ११:५८ AM
भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु भएको छ। लालीगुराँस नगरपालिका–२ मा निर्माण हुने शीतभण्डारको बुधबार शिलान्यास गरिएको छ । शीतभण्डारको नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। शीतभण्डार निर्माणका लागि भारत सरकारले करिब ४ करोड ४१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।