दक्षिण कोरियाकाे रासायनिक कारखानामा आगलागी, ७ हजार कामदारलाई बाहिर निकालियाे

  • बुधबार २८ असो २०८३ १०:३७ AM
एजेन्सी–दक्षिण कोरियाको दक्षिणपूर्वी औद्योगिक सहर उल्सानस्थित रासायनिक कारखानामा बुधबार आगलागी भएपछि नजिकैको पेट्रोकेमिकल उद्योगको निर्माणस्थलबाट करिब ७ हजार कामदारलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको योन्हाप समाचार एजेन्सीले जनाएको छ । सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको कारखानामा स्थानीय समयअनुसार बिहान ९ः४१ बजे आगो लागेको थियो । कारखानामा कार्यरत सबै १२