काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठ्ने क्रम रोकिएको छैन। महिला हिंसा, वैवाहिक सम्बन्धबाहिर प्रेम सम्बन्ध र उच्च नैतिक चरित्रसम्बन्धी प्रश्न उठाउँदै सांसद पुनम अग्रवाल र दीपक बोहराले सुनारको राजदूत पदका लागि उपयुक्ततामाथि गम्भीर प्रश्न गरेका छन्। बुधबार भएको संसदीय विशेष सुनुवाइमा सांसदहरूले सुनारविरुद्ध परेका उजुरी, अडियो र भिडियो