राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्वामित्वमा केन्द्रीय कार्यालय स्थापना गर्न घर वा जग्गा खरिद गर्ने भएको छ । पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी स्थायी कार्यालय सञ्चालन गर्ने केन्द्रीय समितिको निर्णयअनुसार घर वा जग्गा खरिद गर्न लागिएको हो । प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीले केन्द्रीय समिति