बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

  • बुधबार २८ असो २०८३ ११:०९ AM
प्रधानसेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाका सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए। उनले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज