काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले फेसन तथा लाइफस्टाइल ब्रान्ड केटिएम सिटिका देशभरका १७ वटै आउटलेटमा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौतामा महालक्ष्मी विकास बैंक र केटिएम सिटिबीच हस्ताक्षर भएको हो। सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले केटिएम सिटिका आउटलेटबाट विभिन्न प्रकारका पहिरन खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। केटिएम सिटिले नेपालमा स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका फेसन तथा पहिरन बिक्री वितरण गर्दै आएको छ। ग्राहकको बदलिँदो आवश्यकता र गुणस्तरीय सेवामा जोड दिँदै आएको ब्रान्डले बैंकसँगको सहकार्यबाट आफ्ना उत्पादनमा ... The post महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिका १७ आउटलेटमा १० प्रतिशतसम्म छुट appeared first on Kalika Khabar.