काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन सोमबारदेखि सकारात्मक देखिएको नेप्से परिसूचक आज २१.३२ अंकले वृद्धि भएर बन्द भएको हो।अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा अडिएको थियो। त्यसको अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा कायम भएको थियो।नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएपनि कारोबार रकममा भने मंगलबारको तुलनामा कमी आएको छ। मंगलबार ४ अर्ब ७३ करोडको कारोबा