काठमाडौं : भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रमा मंगलबार राति गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ, भने ६ जनाको सकुशल उद्धार गरिएको बीबीसीमा समाचार प्रकाशित गरिएकाे छ ।घटनाबारे जानकारी दिँदै जिल्लाकी प्रमुख जिल्ला अधिकारी (डिएम) वर्षा सिंहले भनिन्, 'सूचना पाएलगतै प्रशासनले तुरुन्तै उद्धार कार्य सुरु गरेको थियो। खोजी तथा उद्धारका क्रममा १३ वटा शव निकालिएको छ, जसमा ९ बालिका र ४ बालक रहेका छन्। उनीहरू सबैको उमेर १५ वर्षभन्दा कम रहेको छ।'