क्यान्टिलिभर पुलको नाम निशानै मेटियो, चुमबासी नाकाबन्दीमा

  • बुधबार २८ असो २०८३ ०४:०० PM
गोरखा : सहरमा दसैं आयो। स्कूल, कलेज बिदा भए। बालबालिका धमाधम गाउँ फर्कनु छ। कोही स्थानीयबासी सरसामान किन्न सहर झरेका थिए। धमाधम गाउँ जान ताँती लागेका थिए। कोही सहर झर्ने तर्खर गर्दै थिए।शरद ऋतुको सिजनमा चुम उपत्यका जाने पर्यटकको लर्कन छ। कोही चुम उपत्यकाको प्राकृतिक सौन्दर्यमा रमिरहेका छन्। तर, गत आइतबार उङ्गिलुङ खोलामा एक्कासी पहिरो झर्‍यो। बूढीगण्डकीको सहायक नदी स्यारखोला थुनियो र एकैचोटी बाँध फुटेर अपूर्व बाढी आयो। बाढीले स्यारखोलाको सर्दीभीरमा रहेको क्याण्टिलिभर पुल सिनित्तै बगाएर लग्यो।