रास्वपाले वनस्थली छोड्ने, स्थायी कार्यालयका लागि घरजग्गा खोज्दै

  • बुधबार २८ असो २०८३ ०९:३४ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खरिद गर्ने भएको छ। पार्टीले आफ्नै स्वामित्वमा स्थायी कार्यालय स्थापना गर्ने उद्देश्यसहित इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको हो। पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी सूचनाअनुसार, पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै केन्द्रीय कार्यालयलाई अस्थायी व्यवस्थापनबाट आफ्नै स्वामित्वको