महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशतसम्म छुट

  • बुधबार २८ असो २०८३ ०९:५२ AM
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । महालक्ष्मी विकास बैंक र फेसन तथा जीवनशैलीसम्बन्धी सामग्री बिक्री गर्दै आएको केटीएम सिटीबीच यससम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले केटीएम सिटीका देशभर रहेका