काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो । महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको थियो । सुरुमा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको थियो ।