ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण, नवीकरणीय ऊर्जा र विपद् पूर्वसूचना प्रणालीका क्षेत्रमा भएका प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले चाडपर्वको शुभकामना आदानप्रदान तथा छ महिनाको उपलब्धि प्रस्तुतीकरण कार्यक्रममार्फत नीतिगत सुधार, ठूला आयोजना कार्यान्वयन, विद्युत् प्रसारण पूर्वाधार विस्तार, सिँचाइ सुविधा वृद्धि,