प्रस्तावित राजदूत थापाको पीआर त्याग र जापानसँगको स्वार्थको द्वन्द्वमाथि प्रश्न

  • बुधबार २८ असो २०८३ १०:०२ AM
जापानका लागि प्रस्तावित नेपाली राजदुत डा. जिज्ञानकुमार थापाको संसदीय सुनुवाईका क्रममा सांसदहरूले उनको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व तथा परिवारको हैसियतका कारण उत्पन्न हुनसक्ने कुटनीतिक जटिलतामाथि प्रश्न उठाएका छन् । बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित राजदुत थापाले पेश गरेको कार्ययोजनामाथि छलफल हुनुअघि नै उनको योग्यता र विगतको आवासीय स्थितिलाई लिएर सांसदहरूबीच