काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रका तीन पदको मतगणना सम्पन्न भएको छ । सम्पन्न मतगणनाबाट सहमहामन्त्री, केन्द्रीय सदस्य (खुला) र केन्द्रीय सदस्य (महिला) पदमा तीन जना निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा जीवनबहादुर शाही तीन हजार ९०६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जनकराज गिरीले एक हजार ३७०, नारायणप्रसाद भट्टराईले ७२१, राजन कुँवरले ३२४ र रामबहादुर बिस्टले २६० मत पाएका छन् । त्यस्तै, केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र, खुला)मा दिपकजंग शाह दुई हजार २६१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी तपेन्द्र खड्काले दई हजार ... The post सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा जीवनबहादुर शाही निर्वाचित appeared first on Kalika Khabar.