बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा रोकिए २,५०० भन्दा बढी विद्युतीय गाडी

  • बुधबार २८ असो २०८३ ०८:२६ AM
काठमाडौँ । बेनी–जोमसोम सडकको खराब अवस्थाका कारण चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन मुस्ताङमै रोकिएका छन्। असोज ११ गतेदेखि सडक प्रभावित भएपछि आयात गरिएका गाडीलाई सम्बन्धित गन्तव्यमा पुर्‍याउन समस्या भएको हो। गत शुक्रबार साँझदेखि सडकमा यातायात सञ्चालन हुन थाले पनि मार्ग अझै जोखिमपूर्ण र असहज रहेकाले विद्युतीय सवारीसाधनको ढुवानी सहज हुन सकेको छैन। सडक पूर्ण रूपमा सञ्चालनयोग्य नहुँदा विभिन्न कम्पनीले आफ्ना गाडी मुस्ताङका विभिन्न पार्किङस्थलमा राखेका छन्। कोरलानाका र जोमसोममा गाडीको चाप नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४, न्हेचुङमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला ... The post बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा रोकिए २,५०० भन्दा बढी विद्युतीय गाडी appeared first on Kalika Khabar.