काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले वर्षौंदेखि विद्युतीय खरिद प्रणाली (ई–जीपी) मार्फत हुँदै आएको सार्वजनिक खरिद प्रक्रिया बन्द गरेर सरकारले हार्डकपी (कागजी माध्यम) बाट ठेकेदार छनोट गर्न सुरु गरेकोमा प्रश्न उठाएका छन् । पूर्व सहरी विकासमन्त्रीसमेत रहेका साहले जुनसुकै बहानामा गरिएको भएतापनि अनलाइन प्रणाली रोकेर पुनः पुरानै कागजी प्रक्रियामा फर्किने सरकारको यस निर्णयलाई कुनैपनि हालतमा सही मान्न नसकिने टिप्पणी गरेका छन् । आज (बुधबार) विहान सामाजिक सञ्जाल फेशबुकमार्फत साहले सरकारको उक्त कदमबारे गम्भीर प्रश्न उठाएका हुन् । आजको एआई र डिजिटल प्रविधिको युगमा पारदर्शी अनलाइन ठेक्का प्रणालीलाई ... The post विद्युतीय ठेक्का प्रक्रिया बन्द गरेर हार्डकपीमार्फत ठेकेदार छनोट गर्नु भ्रष्टाचारको सुरुवात हो : प्रभु साह appeared first on Kalika Khabar.