भोटेकोशीले उजाडेको मिनजिनको संसार, अशक्त आमा र दुई सन्तानलाई सरकारको आस
बुधबार २८ असो २०८३ ०८:३६ AM
रसुवा । प्रकृतिको एउटा निठुरी झोक्काले हाँस्दाहाँस्दैको कसैको संसार कसरी उजाड बनाइदिन्छ भन्ने कारुणिक दृश्य यतिबेला रसुवामा देखिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेकी ३० वर्षीया मिनजिन तामाङको जीवनमा यस्तै एउटा कहिल्यै निको नहुने गहिरो घाउ लागेको