विराटनगर : विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३ ले साझा प्रतिबद्धता पत्र 'कोशी घोषणा-२०८३' जारी गरेको छ। असोज २७ र २८ गते आयोजना गरिएको उक्त सम्मेलनमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहेको थियो।घोषणा-पत्रमा संघीयता कार्यान्वयन, संविधान प्रदत्त प्रदेश अधिकारको पूर्ण प्रयोग, वित्तीय स्वायत्तता र प्रदेश प्रहरी समायोजन लगायतका विषयलाई प्राथमिकताका साथ उठाइएको छ। मुख्यमन्त्रीहरूले संघीय निजामती सेवा विधेयक र प्रदेश प्रहरी प्रशासनसम्बन्धी कानुन यथाशीघ्र पारित गरी