एसियन गेम्समा पदक ल्याउने खेलाडीले पाए पुरस्कार

  • बुधबार २८ असो २०८३ ०३:०१ PM
काठमाडौं:  २० औं एसियन गेम्सका पदक विजेता खेलाडीहरुले सरकारबाट पाउने पुरस्कार रकम प्राप्त गरेका छन्। जापानको आइची नागोयामा भएको २० औं एसियन गेम्समा कास्य पदक विजेता करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले आज सरकारबाट पाउने पुरस्कार रकम खातामा प्राप्त गरेका हुन्। कराते खेलाडी तेन्जिङ शेर्पाले कास्य पदक जितेवापत ३ लाख ९० हजार, प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार पाएका हुन्। त्यस्तै, महिला कबड्डी टिमका खेलाडीहरुले १ लाख ९५ हजार प्रशिक्ष