केन्द्र सरकारलाई सातै मुख्यमन्त्रीको साझा चेतावनी : संघीयतालाई सिंहदरबारमा सीमित गर्न पाइँदैन

  • बुधबार २८ असो २०८३ ०८:३५ AM
विराटनगर- अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रदेशका मुख्यमन्त्रीहरूले देशको संघीय शासन प्रणालीलाई अझै बलियो बनाउने साझा बाचा गरेका छन्। वर्तमान केन्द्र सरकारप्रति तीव्र असन्तुष्टि जनाएका उनीहरूले संघीयतालाई बलियो बनाउनेबाहेक अर्को विकल्प नरहेको निष्कर्ष निकालेका हुन्। विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संघीय शासन प्रणालीलाई थप प्रभावकारी, परिणाममुखी र जनमुखी बनाउन ऐतिहासिक ‘कोशी घोषणा-२०८३’ जारी गरेको छ। कोशी प्रदेशका