२ साता ढिलो गरी बाहिरियो मनसुन, दशैंमा कस्तो रहला मौसम ?

  • बुधबार २८ असो २०८३ ०९:१५ AM
काठमाण्डु– नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २८ गते देशका सबै भूभागबाट मनसुन बाहिरिएको हो। यस वर्ष असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो। सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ। तर यस वर्ष जुन १९ अर्थात्