काठमाडौं । दशैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ । चाडपर्वका लागि लत्ताकपडा, खाद्यान्न र अन्य आवश्यक सामग्री खरिद गर्न बजारमा उपभोक्ताको चहलपहल बाक्लिएको हो । काठमाडौंका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धारा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायतका क्षेत्रमा दशैँको किनमेल गर्नेको भीड देखिएको छ ।