दुबई : भारतीय क्रिकेट टोलीका कप्तान शुभमन गिल र महिला टोलीकी ओपनर ब्याटर सेफाली बर्मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सेप्टेम्बर महिनाको ‘प्लेयर अफ द मन्थ’ घोषित भएका छन्। आईसीसीले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार गिल पुरुष र सेफाली महिला विधाको उत्कृष्ट खेलाडी बनेका हुन्।वेस्ट इन्डिजसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा उत्कृष्ट ब्याटिङ गरेका गिलले पाँचौं पटक आईसीसी प्लेयर अफ द मन्थ अवार्ड जित्दै कीर्तिमान बनाएका छन्। महिला एसिया कप र एसियाली खेलकुदमा प्रभावशाली