काठमाडौं : बमको धम्कीपछि फ्र्याङ्कफर्टबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको विमानलाई भारतको जयपुर विमानस्थलमा डाइभर्ट गरिएको छ।समाचार एजेन्सी पीटीआईका अनुसार विमानलाई जयपुरमा आपतकालीन अवतरण गराइएको हो। घटनापछि अधिकारीहरू विमानस्थल पुगेका छन्।यसैबीच,समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डियाको उडान एआई २०३० जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। विमान अपहरणको धम्की आएको आशंकापछि सुरक्षा जाँच गरिएको जनाइएको छ।धम्कीको प्रकृति र घटनाबारे थप अनुसन्धान भइरहेको छ।