काठमाण्डु- चीनसँग सीमा जोडिएको सङ्खुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले दुर्गम क्षेत्रमा प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेसँगै स्थानीय बासिन्दाले यसअघि लघु जलविद्युत्मा निर्भर रहनुपर्ने अवस्थाबाट राहत पाउने अपेक्षा गरिएको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट