बुढीगण्डकी बाढीको शक्ति ३.५ म्याग्निच्युडको भूकम्प बराबर, हिमपहिरोसँगै नदी थुनिँदा निम्त्यायो विपत्ति

  • बुधबार २८ असो २०८३ ०८:०८ AM
काठमाण्डु- गोरखाको चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा यही आइतबार (असोज २५) आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रको विशाल पहिरो, हिमपहिरो र त्यससँगै बगेको विशाल गेग्रानको थुप्रो रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्राविधिक आकलनअनुसार असोज २५ गते बिहान करिब ४:२० बजे चुमनुब्री गाउँपालिका–६ स्थित उङ्दिलुङ खोलाको सिरानमा ठूलो पहिरो गएको