एसियन गेम्समा पदक विजेता खेलाडीलाई सरकारले दियो नगद पुरस्कार

  • बुधबार २८ असो २०८३ ०८:१४ AM
काठमाण्डु– सरकारले २०औँ एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ । खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो । यसअघि असोज २३ गतेको मन्त्रिपरिषद्ले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो