मलेसियाका प्रस्तावित राजदूत खरेलको सुनुवाइ ‘होल्ड’, समितिले थाल्यो अध्ययन

  • बुधबार २८ असो २०८३ ०७:१८ AM
काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया रोकिएको छ । खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतासम्बन्धी प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले थप अध्ययन र प्रमाण संकलन गर्ने निर्णय गरेको हो । संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले खरेलमाथि उठेका प्रश्न र सार्वजनिक भएका कागजातको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड