मलेसियाका लागि प्रस्तावित राजदुत खरेलको सुनुवाइमा प्रश्न, संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

  • बुधबार २८ असो २०८३ ०७:२१ AM
मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलको संसदीय सुनुवाइमा सांसदहरूले गम्भीर प्रश्न उठाएका छन् । सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेपछि संसदीय समितिले प्रक्रियालाई केही समयका लागि रोकेर थप अध्ययन र प्रमाण जुटाउने निर्णय गरेको हो । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदुत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू