काठमाडौं : चाडवाड नजिकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किनेहरूको घुइँचो र बाक्लो चाप देखिन थालेको छ। वर्षभरि पराइ भूमिमा पसिना बगाएर परिवारको खुसी बुन्ने नेपालीहरू चाडपर्वको अवसरमा आफन्तसँग भेटघाट गर्न र खुसी साटासाट गर्न फर्किने क्रम तीव्र छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा भेटिने हरेक अनुहारमा आफ्नै जन्मभूमि टेकेको छुट्टै उमंग, आँखामा खुसीका आँसु र हातमा पोकापुन्तुरा बोकेका यात्रुहरूको चहलपहलले चाडपर्वको रौनक फर्काएको छ।घटस्थापनाको अघिल्लो दिन शनिबार