काठमाडौं : मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले खरेलमाथि विभिन्न प्रश्न उठाएपछि उनको सुनुवाइ 'होल्ड' गरिएको हो।रास्वपाका सांसद मधुकुमार चौलागाईं र राजीव खत्रीले खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता,म्यानपावर व्यवसायीसँगको साँठगाँठ तथा योग्यतासम्बन्धी प्रश्न उठाएका थिए। त्यसपछि समितिले उनीमाथि उठेका विषयमा थप अध्ययन गर्ने