जयपुर- जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको नयाँदिल्ली आउँदै गरेको एयर इन्डियाको विमानलाई बमको धम्की आएपछि राजस्थानको जयपुर विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको उडान नम्बर एआई२०३० लाई बुधबार जयपुर विमानस्थलमा अवतरण गराइएको हो। बोइङ ७८७–९ विमानमा हाइज्याक भएको आशंकासमेत उत्पन्न भएपछि सुरक्षा निकायले तत्काल सक्रियता बढाएका थिए। प्रारम्भिक विवरणअनुसार विमानका पाइलटले बिहान ९