काठमाडौं : नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २७ सय रुपैयाँले घटेको हो ।यो सँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १ सय रुपैयाँले घटेको हो। यससँगै आज चाँदी ४ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३५५ रुपैयाँ कारोबार भएको थियो।