चाडपर्वमा सुरक्षा व्यवस्था कडा : काठमाण्डुमा ३ हजार ५०६ प्रहरी परिचालन

  • बुधबार २८ असो २०८३ ०६:४२ AM
काठमाण्डु– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाण्डु उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको