काठमाण्डु– बडादसैँ नजिकिएसँगै काठमाण्डु उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न नाका हुँदै ७८ हजार १३८ यात्रु बाहिरिएका छन्। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म सार्वजनिक यातायातमार्फत एक लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। दसैँका लागि हालसम्म एक लाख ३० हजार १२९ यात्रुले अग्रिम बस