सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • बुधबार २८ असो २०८३ ०६:४२ AM
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने र शैक्षिक सामग्रीको उपलब्धतालाई सहज बनाउने उद्देश्यले कम्पनीले विद्यालयलाई कापी तथा पेन्सिल वितरण गरेको हो । कम्पनीले प्रदान गरेको सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान