काङ्ग्रेसको खस-आर्य सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै, पच्छ्याउँदै केसी

  • बुधबार २८ असो २०८३ ०६:५६ AM
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस–आर्य क्लस्टर) तर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरण अनुसार १ हजार ७ सय ७ मत गणना हुँदा आचार्यले ६ सय २३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका हुन् । उनलाई जगदीश्वरनरसिंह केसीले ५ सय ४५ मतका साथ पछ्याइरहेका छन् ।