काठमाडौं । नेपालीको महान् पर्व बडादशैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका मानिस दशैँ मनाउन धमाधम गाउँ फर्किन थालेका हुन् । काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ