मृत बच्चा बोकेको हात्तीको तस्बिरले जित्यो वर्षकै उत्कृष्ट वन्यजन्तु फोटोग्राफी पुरस्कार

  • बुधबार २८ असो २०८३ १२:०१ PM
काठमाडौं : नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ।भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका थिए। पोथी हात्तीले मृत बच्चालाई सुँडमा बोकेर हिँडिरहेको थियो। कहिलेकाहीँ बच्चालाई भुइ