हिमतालमा खसेको पहिरोले बुढीगण्डकीमा बाढी, अझै झरिरहेको छ पहिरो

  • बुधबार २८ असो २०८३ १२:०१ PM
काठमाडौं : चामर र स्येरागी हिमालबीचको उच्च क्षेत्रमा ६ हजार मिटरमाथिबाट खसेको पहिरो हिमताल हुँदै तल झर्दा बुढीगण्डकीमा ठूलो बाढी आएको विज्ञ टोलीले निष्कर्ष निकालेको छ।पहिरोबाट खसेको हिउँ, पानी, माटो र चट्टानसहितको गेग्रान साना हिमताल हुँदै स्यार खोलामा थुप्रिएपछि पटकपटक खोला थुनिने र खुल्ने अवस्था बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।प्राधिकरणले मंगलबार सार्वजनिक गरेको बाढीसम्बन्धी प्रतिवेदनअनुसार २५ गते बिहान करिब ४ देखि साढे ४ बजेको बीचमा ग