एजेन्सी– भारतको राजधानी नयाँदिल्लीस्थित लामो समयदेखि विरोध प्रदर्शनको प्रमुख केन्द्रका रूपमा प्रयोग हुँदै आएको जन्तर मन्तरलाई आधिकारिक प्रदर्शनस्थलको सूचीबाट हटाइएको छ। दिल्ली प्रहरीले सोमबार जारी गरेको आदेशमार्फत जन्तर मन्तरमा प्रदर्शन गर्न रोक लगाएपछि भारतमा लोकतान्त्रिक अधिकार र असहमति व्यक्त गर्ने स्थान साँघुरिँदै गएको भन्दै अधिकारकर्मी तथा अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन्। सन् १९९३ देखि प्रदर्शनस्थलका