१०९ सामुदायिक विद्यालयको मुहार फेर्दै सरकार, ६ अर्ब ५४ करोड बजेट विनियोजन

  • बुधबार २८ असो २०८३ ०६:०७ AM
काठमाण्डु– विद्यार्थीको चाप बढिरहेका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको छ। उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयलाई छनोट गरी पूर्वाधार विस्तारको योजना अघि बढाइएको हो। सरकारले चालु आर्थिक वर्षमा ती विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि छ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको शिक्षा तथा