उदयपुर- नेपालमा जंगली हात्तीको सुरक्षा र संरक्षणमाथि फेरि गम्भीर प्रश्न उठेको छ। उदयपुरको बेलका नगरपालिका–१ स्थित धानबारीमा मंगलबार दिउँसो ‘सानो दारे’ नामले चिनिने वयस्क भाले हात्ती मृत फेला परेपछि वन्यजन्तु संरक्षणको अवस्था र हात्तीको सुरक्षाबारे चिन्ता बढेको हो। गत ३ असोजमा चितवन वन्यजन्तु आरक्षमा आश्रय लिइरहेको चर्चित रोनाल्डो हात्ती करेन्ट लागेर मरेलगत्तै उदयपुरमा अर्को हात्ती