काठमाडौं । भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीले नेपालमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले विशाल ग्रुपसँगको साझेदारीमा काठमाडौंको नक्सालस्थित नारायण चौर, सामा मार्गमा स्टोर खोलेको हो । नयाँ स्टोरबाट ग्राहकले कम्पनीको विद्युतीय स्कुटर ‘इन्डी’को टेस्ट राइड, बुकिङ तथा एसेसरिज खरिद गर्न सक्नेछन् । बिक्रीपछिको सेवा उपलब्ध गराउन कम्पनीले भीमसेनस्थानस्थित भीजी