हवाई फायर गरेर लागुऔषधको पटके कारोबारी पक्राउ

  • बुधबार २८ असो २०८३ ११:०० AM
काठमाडौं : प्रहरीलेहवाई फायर गरि लागुऔषध खैरो हेरोईनसहित १ जना पक्राउ गरेको छ। मंगलबार तार्केश्वरमा शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा वीरगन्ज महानगरपालिका-३१ ठेगाना भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई चेकजाँच गर्न खोज्दा भागेपछि हवाई फायर गरी नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिए।उनले प्रहरीमाथि आक्रमण गरेर भागेपछि २ राउण्ड हवाई फायर गरि नियन्त्रणमा लिएको र ३०० ग्राम लागु औषध बरामद गरी थप अनुसन्धान अघि बढाइएको निरौलाले बताए।उनका अनुसार भारतबाट वीरगंजको रक्सौल नाका