कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थापाले मंगलबार बजेट पारित भएपछि राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामा प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष बुझाएका छन् । पूर्वमन्त्रीसमेत रहेका थापा लामो समय सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीका रूपमा कार्यरत थिए ।