काठमाडौं : नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक आज बसेको छ।बैठकमा राष्ट्रिय भेलाको तयारी, सहभागिता र भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीका नीति, पारित दस्तावेज तथा वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला गर्न लागिएको जानकारी दिए।पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार राष्ट्रिय भेला अभिमुखीक