भारतको बिहारमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु

  • बुधबार २८ असो २०८३ ०३:४२ AM
काठमाण्डु – भारतको बिहारमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । वैशाखी जिल्लाको राघोपुरमा गंगा नदी पार गर्ने क्रममा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको हो। मृतकमध्ये अधिकांश बालबालिका छन् । मंगलवार राति करिब साढे ८ बजे भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति सानो डुङ्गा दपानीमा डुबेको हो ।