दलिततर्फ कांग्रेस सहमहामन्त्रीमा १७०० मत गन्दा रसाइलीलाई तेब्बरको अग्रता

  • बुधबार २८ असो २०८३ ०८:५६ AM
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फ केन्द्रीय सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेहीले तेब्बरभन्दा बढीको अग्रता बनाएका छन्।  सानेपास्थित केन्द्रीय कार्यालयमा जारी मतगणनामा हालसम्म १७०० मत गणना हुँदा रसाइलीलाई मात्रै ११४५ मत खसेको छ।  सहमहामन्त्रीका अन्य प्रतिष्पर्धीहरूलाई उनले तेब्बरभन्दा धेरै मतले पछाडि पारेका छन्। रसाइलीले ११४५ मत पाएर ८७६ मतको अग्रता बनाएका छन्।  अर्का प्रत्यासी मानबहादुर नेपालीले २६९ मत पाएका छन् भने नरेन्द्र पासवानले १९२ मत पाएका छन्।  रसाइली यसअघि विशेष महाधिवेशनबाट दलित क्लष्टरतर्फ सहमहामन्त्री बनेका थिए।